१८ भाद्र २०७६, बुधबार ०६:०७  
image

उनले आँचल प्रेमिका नरहेको भन्दै एक असल साथी मात्रै रहेको स्पष्ट पारेका छन् । आँचल र आफ्नो नाम जोडेर आइरहेका प्रतिक्रियाप्रति दुःख व्यक्त

आँप जोडी आँचल शर्मा र पल शाह । चलचित्रको पर्दामा उनीहरुको जोडी जति जम्ने गर्छ , त्यत्ति नै वास्तविक प्रेम सम्बन्धमा रहेको भन्ने चर्चा पनि हुने गथ्र्याे ।

तर, उनीहरुबीच प्रेम सम्बन्ध नरहेको पल शाहले दाबी गरेका छन् । आँचलले आफ्नो प्रेमी डा. उदिप श्रेष्ठको नाम सार्वजनिक गरेपछि पलको प्रतिक्रिया आएको हो ।

उनले आँचल प्रेमिका नरहेको भन्दै एक असल साथी मात्रै रहेको स्पष्ट पारेका छन् । आँचल र आफ्नो नाम जोडेर आइरहेका प्रतिक्रियाप्रति दुःख व्यक्त गरेका पलले अब आफ्नो र आँचलको नाम जोडेर कुनै पनि कमेन्ट वा प्रतिक्रिया नदिनुहुन अनुरोध गरेका छन् ।

आइतबार फेसबुकमा स्ट्याटसले लेखेर पलले आँचलसँगको सम्बन्धबारे स्पष्ट पार्दै हरितालिका तीजको पनि शुभकामना दिएका छन् । उनले लेखेको स्ट्याटस यस्तो छ :

मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ, आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ ।

सबै अफबाह थियो । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नया जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहालाई गाली नगरिदिनु होला ।

उहाको नया जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु ।

तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !! आप जोडी थियौ छौ रहनेछौ ! अन्तमा उहाको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना ।

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH