२२ पुष २०७६, मंगलवार २३:२१  


image

काठमाडौं । नेपालका एकमात्र अर्बपतिको उद्योगमा आगलागी भएको छ । सुनसरीको दुहबीस्थित बिनोद चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको हो । आज अबेर राति ८ बजेदेखि उक्त विस्कुट उद्योगमा आगलागी भएको हो । आगो लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यलय दुहबीका अनुसार आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको छ । आगो नियन्त्रमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । क्षतिको विवरणबारे कुनै जानकारी अहिले आएको छैन । जानकारी अनुसार ठुलो क्षति भएको आशंका गरिएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन